सरकारले भूमि सम्बन्धी अध्यादेश ल्याएकोमा जग्गा तथा आवास विकास महासंघमा खुसी

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले भूमि सम्बन्धी अध्यादेश ल्याएकोमा आभार व्यक्त गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले मुलुकमा व्यवस्थित जग्गा तथा आवास विकासको प्रबर्धनका लागि हामीले सरकारलाई राय,सुझाव दिँदै आएको भन्दै महासंघले भूमि सम्बन्धी अध्यादेश ल्याएकोमा खुसीव्यक्त गरेको हो ।
साथै महासंघले रियल इस्टेट व्यवसायीहरुले स्थानीयतह, प्रदेश र संघीय सरकार लगायत सबै सरकारी निकायहरुसँग सहकार्य गर्दै नेपालमा व्यवस्थितशहरी तथा बस्ती विकास मार्फत देशको अर्थतन्त्रमा योगदान पुग्ने धारणा राखेको छ ।
घरजग्गा व्यवसायलाई उद्योगको रुपमा प्रवर्धन गर्ने र विभिन्न ढंगबाट आफ्नो महासंघले आफ्ना काम कारबाहीअगाडि बढाउँदै लगेको पनि जानकारी गराएको ।
महासंघले शहरी विकास तथा घरजग्गा सम्बन्धी कानूनी तथा नीतिगत विषयमा समसामयिक २२ सुधार गरी रियल इस्टेट व्यवसायलाई उद्योगको रुपमा विकास गर्दै मुलुकको अर्थतन्त्रलाई सुद्रिढ बनाउनमा योगदान गर्नुपर्ने कुरामा जोड दिएको छ ।

Spread the love