काठमाडौँ। प्रधानमन्त्री केपीशर्मा ओलीले वर्तमान सरकारले सुशानमा कुनै सम्झौता नगर्ने बताएका छन् ।
बुधबार नेपाल चेम्बर अफकमर्शको ७४ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरु मिलेर सरकार बनेको भन्दै आगामी निर्वाचन सम्म र त्यसपछि पनि राजनीतिक स्थिरताको यो शिलशीला कायम नै रहने दाबी गरे ।
उनले कसैलाई गाली गलौज, बदनाम र भ्रमदिन सूचना र प्रविधिको प्रयोग गर्न नहुने बताए । बाह्य लगानीर संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने र हरेक क्षेत्रमा सम्भवना छ भनेर कन्भिन्स गर्न सक्नुपर्ने उनको धारणा छ ।

प्रधानमन्त्री सरकारबाट आर्थिक विकासका लागि ल्याइएका अध्यादेशहरुप्रति चेम्बरजस्ता संस्थाहरुले घोचे थाप्ने काम नगरी समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरु प्रशंसनीय रहेको बताए ।
चेम्बर, एउटा सरकार र निजी क्षेत्र बीचको पुलको कार्य गर्ने संस्था भएको र नीतिनिर्माणका सवालमा सरकारलाई यसले सघाएकामा प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।
