काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित अगाडि बढेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एभरेष्ट फाइबर सिमेण्ट बोर्ड प्रालिको समुद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमाबोल्दै उनले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने काममा अगाडि बढेको भन्दै त्यसको लागि सरकारलाई सुझाव दिनको लागि महासंघको पहलमा उच्चस्तरिय आर्थिक सुधार आयोग बनाउनुपर्ने बताए ।
यस्तै, उनले नेपालमा सम्भावना छैन् भन्ने नकारात्मक भाष्यलाई चिर्ने हिसाबमा अगाडि बढि रहेको भन्दै नेपालभित्रै रोजगारी सिर्जना गर्न सक्यौंदिगो विकास सहज हुने बताए ।