काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार १.०० बजे संसद भवन नया बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभन्दा केही दिन अघि मात्र सरकारले विभिन्न अध्यादेश जारी गरेको थियो ।
भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
सुशासन प्रवर्धन तथा सार्वजनिक सेवाप्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१,
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश २०८१,
निजीकरण (पहिलो संसोधन) अध्यादेश २०८१,
आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१
हिउँदे अधिवेशन आह्वान गर्नुभन्दा केही दिन अघि मात्र अध्यादेश जारी गर्नुलाई संसदीय पद्धतिको उपहास गर्न खोजिएको, कानुनी शासनको बेवास्ता गरिएको भन्ने संवैधानिक कानुनका विज्ञहरुको आलोचना रहेको छ ।