काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सरकार र निजी क्षेत्रको सहकार्य प्रभावकारी नभएसम्म देशको आर्थिक रूपान्तरण सम्भव नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघको २० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले, निजी क्षेत्रसँग सहकार्यले नै दिगो विकासको लक्ष हासिल गर्न सकिने भन्दै आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउन नसक्दासम्म देशले आर्थिक रूपान्तरण गर्न नसक्ने बताएका हुन् ।’
उनले भने, ‘निजी क्षेत्रसँग सहकार्यले, नै दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ भन्ने कुरामा म स्पष्ट छु । म प्रधानमन्त्रीको जिम्मेवारी हुँदा मात्र होईन । म जुन सुकै अवस्थामा पनि निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउन नसक्दासम्म देशले आर्थिक रूपान्तरण गर्न सकैन् ।’
प्रधानमन्त्री प्रचण्डले सरकारका ऐन कानून विधि विधान र निर्णयहरु निजी क्षेत्रको सम्भावनालाई राष्ट्र निर्माणको कुरामा प्रयोग गर्नु पर्ने बताए ।
उनले भने,‘सरकारका ऐन कानून विधि विधान र निर्णयहरु निजी क्षेत्रको पोटेन्सीयललाई अधिकतम राष्ट्र निर्माणको कुरामा प्रयोग गर्ने कुरामा केन्द्रित हुनुपर्छ ।’

Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here