काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सरकार छिटोछिटो परिर्वतन हुँदा कानून निर्माणको काम पनि प्रभावित भएको बताएकी छिन् ।
सुनवल नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले सरकार र मन्त्री परिर्वतन छिटोछिटो हुँदा बिद्येयक अघि बढाउनै नसकिएको बताएकी हुन् ।
‘ब्यबस्थापिकाका तर्फबाट हामीले छिटोछिटो अत्यावश्यक कानून बनाउनका लागि बिद्येयक अघि बढाउन सरकारलाई आग्रह गर्छौ’, उनले भनिन्,‘‘छिटोछिटो सरकारसंगै मन्त्री परिर्वतन हुँदा बिद्येयक नै अघि बढ्न सकिरहेका छैनन, जसले गर्दा अत्यावश्यक कानून निर्माणको काम पनि प्रभावित बन्न पुगेको छ ।’
संविधान अनुसार बाझिएका कानूनहरु निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय सभाले पटक पटक ध्यानाकर्षण गराएको चर्चा गर्दै उपाध्यक्ष घिमिरे संसदको आगामी हिउँदे अधिवेशनबाट धेरै बिद्येयक पास हुने बिश्वास ब्यक्त गरिन ।
समितिमा अड्किएका बिद्येयकहरुलाई छिटो टुंगोमा पु¥याउनका लागि केही दिन पहिले राष्ट्रिय सभाका अध्यक्ष र आफूले सम्बन्धित समितिका सभापतिहरु संग छलफल गरेको बताउँदै प्रतिनिधीसभाको तुलनामा राष्ट्रिय सभामा आएका बिद्येयकहरु छिटो टुंगोमा पुग्दै आएकाछन् भनिन् ।
उनले मुलुकमा केही समयदेखि बढी रहेको अराजकता प्रति चिन्ता ब्यक्त गर्दै अराजकता सृजना गर्ने जो भए पनि कारवाहीको दायरामा ल्याउन आवश्यक छ भनिन् ।
तीनै तहका सरकारले आफुँलाई जनताको सेवामा समर्पित गर्दा अहिलेको अराजकता हटेर जान सक्छ भनिन् । जनतामा बढी अपेक्षा हुने र सरकारले त्यस अनुरुप काम गर्न नसक्दा बढेको असन्तुष्टिलाई अराजकताबादीले भड्काउने प्रयास गर्न सक्ने तर्फ सचेत हुन आग्रह पनि गरिन् ।
उनले सहकारीमा वचतकर्ताको रकम डुब्ने र ऋणीले फिर्ता नगरेपनि हुन्छ भन्ने अवस्थाको अन्त्य गर्दा धेरै बचतकर्तालाई राहत हुनसक्ने बताइन । वचतकर्ताले बचत डुब्ने डरमा नियमित बचत छाड्ने र ऋण असुली नहुने समस्याको हल खोज्न सरकारले पहल गरिरहेको बताउँदै त्यसलाई छिट्टै परिणाममुखी बनाउन आग्रह पनि गरिन् ।
उपाध्यक्ष घिमिरे सुनवल नगरपालिकाको सहयोगमा बाल नगर सञ्जालले आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रममा सहभागी हुनुभयो भने नवलपरासी बर्दघाट सुस्तार्पुवमा पर्ने विनयत्रिबेणी गाउँपालिका स्थित प्रसिद्ध त्रिबेणी धाम र सुस्ता जोड्ने झोलुंगे पुलको अवलोकन गरिन । सो अवसरमा स्थानियबासी र जनप्रतिनिधीले निर्माणाधिन नारायणगढ बुटवल सडकको काम छिटो सम्पन्न गराउन ध्यानाकर्षण समेत गराएका थिए ।