सरकार सफल भएको राष्ट्रपतिको दाबी

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दा राष्ट्रपति भण्डारीले सरकारका लक्ष्य र प्रतिवद्धताहरु कार्यान्वयन हुदै गएको पनि दाबी गर्नुभयो । उहँले सरकारले बन्दाबन्दीको अवस्थामा सहज आपुर्ति हुने गरि व्यवस्था मिलाएको, कोभिड १९ ले निम्त्याएका अन्य कारणले रोजगारी गुमाएकाहरुलाई लक्षित गरि स्थानीय तहमा राहत उपलब्ध गराईएको बताउनुभयो । त्यसैगरी शान्ति सुरक्षा कायम हुनुको साथै भ्रष्टाचारमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने गरि कारवाही प्रक्रियालाई अघि बढाईएको बताउनुभयो ।
कारोना भाइरसको प्रभावका कारण सरकारको विकासको आकांक्षामा धक्का पुगेको उल्लेख गर्दे उहाँले स्वास्थ्य, शिक्षा रोगजारी र आर्थिक पुनरुत्थान नै सरकारको आगामी कार्यदिशा रहेको बताउनुभयो । उहँले सम्मृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न माहामारीका कारण समग्र सामाजिक आर्थिक पक्षमा परेको प्रतिकुलता समेत लाई सम्बोधन गर्दे नेपाल सरकारले रणनीतिक आधार र पक्षहरुलाई ध्यानमा राखि नीति तथा कार्यक्रम तर्जुमा गरेको स्पष्ट पार्नुभयो ।
विश्व अर्थतन्त्रको संरचना परिर्वतन हुन सक्ने,मुलुकहरुको आयमा कमि आउन सक्ने , मित्र राष्ट्र तथा विकास साझेदारहरुको स्रोत साधन परिचालनको क्षमता, प्राथमिकता र क्षेत्र फरक हुन सक्ने अवस्था भएकाले अधिकतम आन्तरिक श्रोत परिचालन गर्ने गरिने उहाँले उल्लेख गर्नुभयो । उहाले फजुल खर्च रोक्ने , वित्तिय अनुशासन कायम गर्ने , अन्तराष्ट्रिय श्रम बजार संकुचित भई रोजगारीका अवसर गुम्ने संभावनालाई मध्यनजर गरि सरकारको आफ्ना कार्यक्रम तर्जुमा गर्ने बताउनुभयो ।

Spread the love