सहकारी अर्थतन्त्रबिना मुलुकको समृद्धि सम्भव छैनः सचिव पोखरेल

काठमाडौं । भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले सहकारी अर्थतन्त्रको माध्यमबाट मात्र सवल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित‘सहकारी पुनरुत्थानका लागि अबको बाटो’विषयक छलफल कार्यक्रममा उनले सहकारीको विकल्प नभएको र सहकारी अर्थतन्त्रबिनामुलुकको समृद्धि सम्भव नरहेको बताए।
यसको साथै, उनले सहकारी समस्यालाई समाधान गर्न सरकार कानूनी, संस्थागत र कारबाहीको रुपमा अगाडि बढेको बताए।
सबैको साझा प्रयासबाट समस्या समाधान गर्दै आगामी दिनमा सहकारीलाई अझ जनताको विश्वासिलोको संस्थाको रुपमा कसरी अगाडि बढाउन सकिन्छ भनेर चिन्तन गर्न जरुरी रहेको पनि उनको भनाई छ ।

Spread the love