ललितपुरको फिट एण्ड फाइन जिमखानास्थित साउनामा वाफ लिन गएका एक दम्पत्तिको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारीको गएराति निस्सासिएर मृत्यु भएको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ । हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव हुन् ।
प्रहरीका अनुसार गर्बुजा मगर दम्पत्ति बुधबार साझ जिम सकेर साउना लिन गएका थिए । साउना लिने क्रममा लामो समयसम्म ननिस्किएपछि भित्र हेर्दा भित्रै बेहोस भेटिएका थिए । अचेत अवस्थामै उनीहरूलाई पाटन अस्पतालमा लगिएको थियो । त्यही उनीहरूलाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।