काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख७४ हजार ५ सयमा कारोबार भएको थियो । आज सोमबार सात सय रुपैयाँले घटेर सुन तोलामा १ लाख७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । भइरहेको छ । त्यस्तै चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । आइतरबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।