नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाउनुभएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षका प्रत्यासी समेत रहनुभएका ढकालले कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै असन्तुष्टि जनाउनुभएको हो । उहँले साधारणसभा गर्न सक्ने अवस्था नभए कार्यसमितिको बैठक बोलाई निर्णय गर्ने समय हुँदाहुँदै कार्यसमितिको अधिकारलाई कुल्चिने काम भएको बताउनुभयो । यसले महासंघमा गलत प्रवृति विकास भएको र स्यालले कुखुरा लाग्यो भन्ने भन्दापनि स्याल पल्कियो भन्ने कुराले पिरोलेको उहाँले बताउनुभयो ।
साधारणसभा स्थगित गरेर अर्को मिति तय नगरिदा कानूनी मात्र नभई नैतिक र सामाजिक जग समेत कमजोर भएको ढकालले बताउनुभयो । उहँले साढे पँच दशक पुरानो संस्था इतिहासमै कमजोर भएको टिप्पणी समेत गर्नुभयो । जटिल परिस्थितिमा महासंघलाई सबल, सक्षम र डाइनामिक नेतृत्व आवस्यकता रहेको भन्दै आवाज उठाउँदा पदमा पुग्न हतार गरेको आरोप आफुमाथि लागेको ढकालले बताउनुभयो । उहाँले कोभिड १९ को महामारीको अवस्थामा महासंघका आन्तरिक र संस्थागत गतिविधि सञ्चालन गर्दा सरकारसग सहमति लिनु आवश्यक भएकाले साधारणसभाका लागि सरकारलाई निवेदन दिएको तर सरकारको जवाफ नआउँदै अनिश्चित कालका लागि धकेल्ने निर्णय हुनु दुःखद भएको बताउनुभयो ।