सानिमा रिलायन्स लाइफको एकिकृत कारोबार सुरु

सानिमा रिलायन्स लाइफले एकिकृत कारोबारको सुरुवात गरेको छ । साविकको सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले बिहिबार देखि एकिकृत कारोबार शुरु गरेका हुन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृती प्रदान गरेको थियो ।

बीमा कम्पनीहरुबीच भएको मर्जरलाई विश्वनियता र बलियो बनाउदै लाग्नु पर्ने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । मर्जरपछि बीमा कम्पनीहरुले खर्च कटौती गर्दै बीमितलाई दिने सुविधामा ध्यान दिनुपर्ने र इन्नोभेटिभ प्रोडक्ट ल्याउनु पर्ने उनको भनाई छ ।

यसैगरी सानिमा रिलायन्स लाइफ इन्स्यारेन्सका अध्यक्ष तारा चन्द्र केडियाले मर्जर पश्चात नयाँ इन्नोभेटिभ प्रोडक्ट ल्याएर उत्कृष्टबाट सर्वोत्कृष्ट बन्ने लक्ष्य सहित अघि बढेको जानकारी गराए ।

Spread the love

Comment here