सिद्धार्थ बैंकले आफ्ना शेयरधनीहरुका लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सिद्धार्थ बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभाले ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब आठ करोड ९९ लाख ८० हजार १८५ रुपैँयाको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ रूपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।