काठमाडौं । सिभिल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्थाले विशेष साधारण सभाको पूर्व तयारीका लागि बोलाएको भेलामा सहभागिले आफ्नो बचत सुरक्षित हुनु पर्ने आवाज उठाएका छन् ।
सहकारी संस्थाले भदौ ३० गते सोल्टीमोड कालिमाटीमा बोलाएको विशेष साधारण सभाको तयारी स्वरुप आज बोलाइएको भेलामा सहभागिले बचतकर्ता र लगानीकर्ताको आर्थिक सुरक्षाका लागि गम्भीर भएर लाग्नु पर्ने निष्र्कष निकालेको हो ।
भेलामा सहभागि पीडितहरुले, संस्थाको लगानी र चल अचल सम्पतीको सदुपयोग र त्यसबाट आफूहरुको लगानी सुरक्षित हुने वातावरण निर्माणका लागि ठोस पहल थालिनु पर्ने बताएका थिए।
भेलामा सहभागि पीडित शंकर नापितले, आफ्नो छोरी बिरामी हुदाँसम्म आफूले रकम नपाएको भन्दै आक्रोश पोखे । ‘व्यवस्थापक समिति गठन गरिसकेपछि त्यसले सम्पती बेच्ने अधिकार कतिको छ त ? समिति बन्दैमा हुन्छ त । मुद्दा चलिरहेको छ अदालतमा । त्यो सम्पती हामीले बेच्न सकिन्छ त ? ’ उनको प्रश्न छ ।
त्यस्तै अन्य पीडितले पनि एक जनाको कारणले गर्दा समस्या भएको भन्दै आक्रोश पोखेका छन् ।
यसअघि उच्च अदालत पाटनले साधारण सभा आह्वान गर्न आदेश दिएको थियो । सोही बमोजिम भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालय र संस्थाका पिडित बचतकर्ता सदस्यहरूबीच पटक–पटक छलफल भई सभा बोलाउने सहमति भएको थियो । गत बैशाख २१ गते पठाएको पत्र अनुसार विशेष सभा बोलाएको संस्थाले जनाएको छ ।
अब यही भदौ ३० गतेको साधारण सभाले समस्या समाधान गर्ने प्रयोजनका लागि विशेष अधिकार प्राप्त समितिको चयन गर्नेछ । त्यस्तै, विशेष अधिकार प्राप्त समितिलाई संस्थाको एकिन गरी बचत तथा लगानी गरेको ऋणलगायत सहकारीका ऋणीहरूबाट लेना रकम असूल उपर गरी समस्या समाधान गर्न आवश्यक अख्तियारी प्रदान गर्नेछ ।
यस्तै, पिडित बचतकर्ता सदस्यहरूको बचत रकम फिर्ता गर्न आवश्यक कार्यविधि बनाउने तयार छ। सिभिल सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा इच्छाराज तामाङ हिरासतमा छन् ।

Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here