मुगु । मुगुको छायानाथ रारा नगरपालिकाका एक सुत्केरी आमालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको छ ।
सुत्केरी आमाको पेटमा रहेको शिशुलाई सर्जरी गरेर निकाल्न पर्ने भएपछि सुत्केरीलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।
बुधबार रातिबाट सुत्केरी बेथा लागेपछि बिहीबार बिहान १० बजे जिल्ला अस्पतालमा सुत्केरी गराउन पुगेकी छायाँनाथ रारा नगरपालिका–१३ लुमा गाँउकी २५ वर्षीया ठुमा खड्कालाई जिल्लामा सुत्केरी गराउन नसकिने भएपछि सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो।
जिल्ला अस्पताल ठिनी मुगुमा आईसियु कक्षाको व्यवस्थान भएका कारण सुत्केरीलाई हेलिकोप्टर मार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा लगिएको छ ।
जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर निर्मल नगरकोटीका अनुसार उद्धार गरिएकी महिलाको दुई वर्षअघि पनि सर्जरी गरेर बच्चा निकालिएको थियो ।
जिल्ला अस्पतालमा सुत्केरी र बच्चाको चेकजाँच गर्दा बच्चा पाठेघरमा उल्टो अवस्थामा रहेको र बच्चाले दिसा खाइसकेको हुनसक्ने भएकाले सर्जरी गरेर बच्चा निकाल्न पर्ने भएपछि रिफर गरिएको प्रमुख डाक्टर नगरकोटीले बताए।
हिमपातभइरहेकै अवस्थामा हेलिकोप्टरमार्फत उद्धार गरेर अस्पतालमा पु¥याउन सकिएकोमा उनक ाश्रीमान ३० वर्षीय राजबहादुर खड्का अब श्रीमतीको उपचार राम्रो हुने भयो भन्दै खुसी व्यक्त गरेका छन ।