सुनको भाउ तोलामा ८ सयले बढ्यो

केही दिनदेखि सुनचादीको मूल्यमा उतारचढाव भइरहेको सुनको मूल्य शुक्रबार प्रतितोला तोला ८ सय रुपैयाले उकालो लागेको छ । ८ सय रुपैयाले बढेर शुक्रबार सुन तोलाको ९८ हजार ६ सय रुपैया कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । चादीको मूल्य पनि प्रतितोला ६० रुपैयाले बढेर तोलाको १ हजार ३ सय ५५ रुपैयँ पुगेको छ । बिहीबार चादी तोलामा ८५ रुपैया बढेर तोलाको १ हजार २ सय ९५ रुपैया पुगेको थियो । बिहीबार सुन तोलामा २ हजार ४ सय रुपैयँले बढेर तोलाको ९८ हजार ८ सय रुपैयँमा कारोबार भएको थियो ।

Spread the love