सुनको भाउ प्रतितोला ३ सयले बढ्यो

माघ २६,काठमाडौं । बुधबार सुनको मुल्य ३ सयले वृद्धि भएको छ ।

मंगलबार प्रतितोला ९३ हजार १ सयमा कारोवार भएको सुनको मुल्य बुधबार प्रतितोला ९३ हजार ४ सयमा कारोवार भइरहेको छ । बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ९ सयमा कारोवार भइरहेको छ ।

बुधबार चाँदीको मुल्य २० रुपैँयाले वृद्धि भएको छ । मंगलबार प्रतितोला १ हजार २ सय ६० रुपैँयामा कारोवार भएको  चाँदीको मुल्य बुधबार प्रतितोला १ हजार २ सय ८० रुपैँयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love