सुनको मूल्य एकैदिन प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो

मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर चाँदी प्रतीतोला एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ ।

Spread the love