सुन तोलामा १२०० ले बढ्यो

छापावाल सुन बिहिबार तोलामा १२०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि ५० रुपैयाले बढेको छ । बुधबारको तुलनामा तोलाको ५० रुपैयाँले बढेर तोलाको १८८० रुपैयाँ कायम भएको छ ।
बुधबार सुन तोलाको एक लाख ५५ हजार ४०० रुपैयाँ र चा“दि प्रतितोला १८३० रुपैयाँमा कारोबार भएको थियो ।

Spread the love