सुपरमाई हाइड्रोपावरको आईपीओ खुल्यो

सुपरमाई हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आफ्नो जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो । जसमध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई निष्कासन गरिसकेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
सोमबारदेखि आवेदन खुलेको आईपीमोमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्कासनको लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Spread the love

Comment here