सूचना बेचेर रातारात १ सय २० वटा विद्युतिय सवारी साधन पैठारी भएको कांग्रेसका सांसद देवेद राज कडेलको आरोप

नेपाली कांग्रेसका सांसद देवेद राज कडेलले जिम्मेवार निकायले सूचना बेचेर रातारात १ सय २० वटा विद्युतिय सवारी साधन पैठारी भएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै सांसद कडेलले अर्थनीति तय गर्नेहरुबाट नै बजेटको गोप्य सुचना वेच्ने काम गरेको आरोप लगाउनुभएको हो । विद्युतीय सवारी साधन आयातमा १ सय १३ प्रतिशत कर लगाउने निणर्य लाई प्रतिगमनकारी निणर्य को संज्ञा दिनुभयो । विद्युतीय सवारी साधनमा कर बढाउनु वातावरण विनास र इन्धन लगायतको आयात बढाउने प्रतिगमनकारी निणर्य हुनुको साथै सरकारको जनताप्रतिको राजनीतिक वेइमानी भएको टिप्पणी गर्नुभयो ।
उहाले चुनावी घोषणा र प्रधानमन्त्रीको प्रतिवद्धता विपरित अर्थमन्त्रीले विद्युतीय सवारी साधनमा कर वृद्धि गर्ने निणर्य गरेको आरोप पनि उहाले लगाउनुभयो । उहाँले नेकपाको चुनावी घोषणा पत्रमा आगामी ३ बर्षमा काठमाण्डौ उपत्यकाभित्र विद्युतिय सवारी साधन मात्रै प्रयोग गरिने कार्ययोजना लागु गर्ने भनी भोट माग्ने काम गरेको तथा २ बर्ष अघि साझा यातायातले काठमाण्डौमा सुरु गरेको विद्युतीय सवारीको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सन् २०२० भित्र नेपालका कुल सवारी मध्ये २० प्रतिशत विद्युतिय हुने घोषणा गरेको स्मरण गराउनुभयो ।
उहँले मुलुकका पू“जीपतिहरुले महंगा गाडी प्रयोग गरेका कारण देशको पैसा बाहिरीनबाट रोक्न विद्युतिय गाडीमा कर बढाउन परेको सरकारी तर्क झुटो तर्क भएको दाबी गर्नुभयो । यो निणर्यले दीर्घकालिन रुपमा सरकारलाई नै घाटा हुने भएकाले निणर्य फिर्ता लिन माग गर्नुभयो । उहाँले राष्ट्रपति, प्रधानमन्त्री समेतले विद्युतीय सवारीप्रति गरेको प्रतिवद्धतालाई अर्थमन्त्रीले हटाएको भन्दै रोष प्रकट गर्नुभयो ।
उहा“ले विदेशी चकलेटमा आयातमा मुलुकलाई ५० करोड घाटा भईरहेको दाबी पनि गर्नुभयो । उहा“ले भन्नुभयो “चकलेटमा १० प्रतिशत छुट गरेर विदेशबाट ५ अर्बको चकलेट ल्याईन्छ र १० प्रतिशत डिस्काउण्ट गरेर भन्सार घटाएर ५० करोडको घाटा गराईन्छ । ”

Spread the love