सोमबार कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु

सोमबार कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १—१ जना रहेका छन । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका—१० मध्यबानेश्वर बस्ने ७६ वर्षिय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुषको आज निधन भएको हो । यस्तै बाँकेको कोहलपुर नगरपालिका—२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको उहाँले बताउनुभयो । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् । यस्तै पर्साको देवयानी—१५ का ४५ वर्षिया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उहाँले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
सोमबार ८ हजार ४ सय ३२ पीसीआर परीक्षणमा ३ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख ५२ हजार २ सय ३६ जनाको कोरोना परीक्षण भएकोमा कुल संक्रमितको संख्या २३ हजार ३ सय १० रहेको छ ।
सोमबार १ सय ४० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ३ र गण्डकी प्रदेशमा १ हजार ४ सय ६५ जना डिस्र्चाज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ८१, कर्णाली प्रदेशमा १ हजार ९ सय र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४० गरी आजसम्म १६ हजार ४ सय ९३ जना संक्रमित डिस्चार्ज भएका छन ।

Spread the love