सोमबार थप ५ हजार २९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

माघ १७,काठमाडौं । सोमबार थप ५ हजार २९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको  पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा  कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ ।

Spread the love

Comment here