सोमवार नेप्से परिसूचक २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा

निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से परिसूचक साताको दोस्रो कारोबारका दिन (सोमवार) पनि उच्च अंकले गिरावट आएको छ । सोमवार नेप्से परिसूचक २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.१९ अंक, फ्लोट इण्डेक्स १.३८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक घटेको छ ।
सोमवार कारोवारमा आएका २४० कम्पनीको ४१ लाख २७ हजार कित्ता शेयर १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आईतवार १ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएकोमा सोमवार १ अर्ब ६७ करोडको कारोबार भएको छ ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत घटेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २.२८ प्रतिशत घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
सोमवार सयपत्री हाइड्रोपावरको शेयरमूल्य ३.१२ प्रतिशत बढेको छ । त्यस्तै,अजोड इन्स्योरेन्सको शेयरमूल्य ७.३७ प्रतिशत घटेको छ । त्यसैगरी, ओरियन्टल होटल र युनाइटेड इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा रिडी पावरको ३० करोड ८३ लाख ५७ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

Spread the love