नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिकपछि शेयर लगानीकर्ताहरु उत्साहित भएसँगै नेप्से बढ्न थालेको छ । मौद्रिक नीति पछिको पहिलो कारोबारको दिन आईतवार ६१.०५ अंकले बढेको नेप्से सोमवार ५४.४५ बिन्दुले बढेर २१३२.९६ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.०५ अंक बढेको छ भने फ्लोटइण्डेक्स ४.२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.०३ अंक बढेको छ ।
सोमवार कारोबारमा आएका २१४ कम्पनीको ९९ लाख ४४ हजार ४८ कित्ता शेयर ४ अर्ब १० करोड ६८ लाख रुपैयँ बराबरको शेयर कारोबार भएको छ । आईतवारको तुलनामा सोमवार कारोबार रकम पनि बढेको छ । आईतवार २ अर्ब ७३ करोड ९ लाख २७ हजार २९७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
कारोकारमा आएका नेप्सेका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ । फाइनान्स उपसमूहको सूचक सवैभन्दा बढी ७.९० प्रतिशतले बढेको छ । यस्तै विकास बैंक उपसमूहको सूचक पनि ५.८४ प्रतिशतले बढेको छ ।
सोमवार नेप्से सूचक उच्च अंकले बढ्दा १८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । कारोबार रकमको आधारमा १५ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ ।

Latest posts by Business TV Nepal (see all)
- मंगलवार नेप्से परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ बिन्दुमा - August 16, 2022
- एनआईसी एशिया बैंकले गर्यो दुर्घटना बीमाबापत ३ परिवारलाई प्रतिपरिवार १० लाख बीमा भुक्तानी - August 16, 2022
- पिपुल्स पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने - August 16, 2022
Comment here