सोल्टी होटलको लाभांश घोषणा

 

सोल्टी होटलले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित २६.८४ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर घोषणा गरेको हो । लगानीकर्तालाई कम्पनीले प्रतिकित्ता २ रुपैयाँ  ६८ पैसा नगद लाभांश र १ सय कित्ता सेयर बराबर १० कित्ता बोनस शेयर दिने भएको हो ।
साथै कम्पनीले लाभांश पारित गर्नका लागि पुस ४ गतेका लागि साधारणसभा पनि बोलाएको छ । मंसिर १३ गतेका लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको छ ।

 

Spread the love