निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने बैशाख ३० गतेको दिन सार्वजनिक बिदा दिन सरकार समक्ष अनुरोध गरेको छ । आयोगले स्थानीय तह निर्वाचन हुने २०७९ साल बैशाख ३० गतेका दिन नेपालभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरेको हो । बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले निर्वाचनको दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने आयोगले निणर्य गरको बताउनुभयो । त्यस्तै मतदान केन्द्र रहेको विद्यालयहरुमा बैशाख २८ गतेदेखि ३० गतेसम्म भौतिक रुपमा पठनपाठन बन्द गर्न पनि आयोगले सरकारलाई अनुरोध गरेको छ । त्यसैगरी मतदानस्थल तथा मतदान केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचनालाई बैशाख २८ गतेदेखि ३० गतेसम्म प्रयोग गर्न दिन पनि आयोगले संघीय मामिला मन्त्रालयमार्फत् सबै स्थानीय तहसँग माग गरेको छ ।

सहायक प्रवक्ता अर्यालले निर्वाचन आयोगमा बिहीबार ३ः३० बजेसम्म आएको तथ्यांक अनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारहरुको मनोनयन दर्ता भएको बताउनुभयो । यसमध्ये प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ८७, उपप्रमुखमा २ हजार १ सय ६८, उपाध्यक्षमा २ हजार ४ सय १, वडा अध्यक्षमा ३५ हजार ३ सय ५३, महिला सदस्यमा २६ हजार ५ सय ३२, दलित महिला सदस्यमा २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको उहाँले जानकारी दिनुभयो ।
आयोगले बिहीबारसम्ममा ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मत पत्र छपाई गरिसकेको र ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिसकिएको जानकारी दिएको छ ।

Latest posts by Business TV Nepal (see all)
- पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमीकको संख्या बढ्दै - June 27, 2022
- वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने - June 26, 2022
- आईतवार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ बिन्दुमा - June 26, 2022
Comment here