नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले विगत २० वर्ष देखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेकोमा अबदेखि सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोप Coop कार्डको सेवा राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा समुद्घाटन गरी शुभारम्भ गरिएको छ ।
नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुप यस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्ट क्यूआर र मोवाइल बैंकिङ मार्फत आफनो सेवा दिँदै आएकोे छ । अहिले सम्म बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र सुबिधा पुर्याउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीको भुमिका र कारोवार समेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकिया मिलाईएकोे छ । विगत केहि समय अगाडि देखि एससीटी ले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझ बढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुर्याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूणर् सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गरी संचालनमा ल्याउन लागेको हो । यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रबिधिमा आधारीत हुने र नेपाल तथा भारतका एटीएम/पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ । यस कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले जारी गर्नेछन ।
यस सहकार्य पश्चात सम्पूणर् सहकारीहरुले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरि कोप कार्ड जारी गर्न सक्नेछन । सहकारीहरुले आफनो सदस्यहरुलाई कोप कार्डको वितरण गरे पछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जहाँवाट पनि एटीएममार्फत रकम निकाल्न सक्नेछन भने, पोस को माध्यमवाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्नेछन । यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र वित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ ।
यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा पहुँच बढदै जाने र साधारण बैंकिङ कारोवारको लागि बैंक गइरहनु पर्ने बाध्यतावाट मुक्ति दिनेछ र सहकारीहरुको विकासमा थप योगदान पुग्न जाने आशा लिईएको छ ।
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका अध्यक्ष सुमन पोखरेलले विद्युतीय भुक्तानी प्रणालीमा सहकारी क्षेत्र पनि जोडिन पाउँदा सहकारी क्षेत्रको समग्र सेवाको विविधिकरण हुने विश्वास व्यक्त गर्दै एससीटीले बैंक तथा वित्तीय संस्थासँग सधैँ सहकार्य गर्न इच्छुक रहेको धारणा राख्नुभयो । सेवा क्षेत्रमा प्रबिधिको आवश्यकता रहँदै आएको सन्दर्भमा यस्ता सेवाहरू थपिँदै जाँदा संस्थाहरूको सेवा प्रविधियूक्त हुने धारणा समेत अध्यक्ष पोखरेलले व्यक्त गर्नुभयो ।

Latest posts by Business TV Nepal (see all)
- मंगलवार नेप्से परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ बिन्दुमा - August 16, 2022
- एनआईसी एशिया बैंकले गर्यो दुर्घटना बीमाबापत ३ परिवारलाई प्रतिपरिवार १० लाख बीमा भुक्तानी - August 16, 2022
- पिपुल्स पावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने - August 16, 2022
Comment here