काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्री स्वस्थानी व्रतकथा तथा माधव नारायणको पूजा आराधना आजदेखि सुरु भएको छ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ।
स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यसै अवसरमा महिना भरी साँखुस्थित शाली नदीमा ठूलो मेला लाग्ने गर्दछ ।