काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ ।हाईलाइफले एक्स्ट्रालङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस बजारमा ल्याएको हो ।
नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गदै हाईलाइफ फूड्सले नयाँ उत्पादनका रुपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको हो । लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरायसी भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्नसकिने कम्पनीले जनाएको छ ।अन्य बासमती चामलहरूको तुलनामा हाई लाइफ फूड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिकतत्वले पूर्ण रहेको कम्पनीको भनाइ छ ।
पछिल्लो समय हाईलाइफ फूडुसले विभिन्न उत्पादनमा जोड दिदै आएको छ र व्यवसायीक दायरा विस्तार गरिरहेको छ ।कम्पनीले किसान, उपभोक्तार समुदायलाई लक्षित गर्दै रोजगारी सिर्जना र उत्पादन क्षमता वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिंदै आएको छ ।अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटल युग अनुकुल सेवा प्रणाली मार्फत उद्योग क्षेत्रमा अग्रणी भुमिका खेल्ने कम्पनीको लक्ष्य छ ।
गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीले प्रत्येक उत्पादनमा उच्चतम मापदण्डको पालना गर्ने जनाएको छ ।
हाईलाइफ फूड्स विगत देखि नै चिउरा, कर्नफुलेक्स,चोको प्लस, सोयाबिन, ओट्स,आटा, चियापत्ति, बेसन र अन्य स्वास्थ्यकर खाद्य बस्तुहरुको उत्पादन तथा वितरण गर्दै आएको छ ।
