हाथवे इन्भेष्टमेन्टको आम्दानी बढेपछि नाफा पनि बढ्यो

 

हाथवे इन्भेष्टेमन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। हाथवे इन्भेष्टेमन्टको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.५० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ करोड ३५ लाख रुपैयाँ थियो।

Spread the love