अनेरास्ववियुद्धारा दिउसै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियूले दिउ“सै लाल्टिन जुलुस निकालेर विरोध प्रदर्शन गरेको छ । प्रचण्ड-माधव पक्षधर अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले बुधबार लाल्टिन जुलुश गरी सरकारले प्रतिनिधि सभा विघटन गरेको कदमप्रति विरोध जनाएको हो । माइतीघर मण्डलाबाट विद्यार्थीहरुले बानेश्वरसम्म दिउँसै लाल्टिन बालेर जुलुश प्रर्दशन गरेका थिए । प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले नेपालको संविधानमा प्रतिनिधि सभा विघटनको कुनैपनि धारा नभएको बताउनुभयो । प्रधानमन्त्रीलाई गल्तीको प्रायश्चित गर्ने र सच्याउने अवसर अझै भएको भन्दै कानूनसम्मत्, संविधान सम्मत् निणर्य सच्याउन उहाँले माग गर्नुभयो । प्रतिनिधि सभा पुर्नस्थापना नभएसम्म अनेरास्ववियूले विरोधका विभिन्न कार्यक्रम जारी रहने बताउनुभयो ।

विद्यार्थीहरुले दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खैभन्ने ब्यानर लिएर प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले संसद विघटनको धारा खै, दिउँसै लाल्टिन बाल्यौँ है, हामि अरु जान्दैनौँ, संसद विघटन मान्दैनौ लगायतका नारा समेत लगाएका थिए ।

Spread the love