अर्थमन्त्रालयले सोचे जस्तो पुँजीगत खर्च गर्न सकेन : रबिन्द्रमान श्रेष्ठ

पुष २०,काठमाडौं ।  प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले सोमबार धेरै विकास खर्च गर्ने मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग चालु आर्थिक वर्षमा पुँजीगत खर्चको विषयमा छलफल गरेको छ ।

समितिले पुँजीगत खर्चबारे भौतिक पुर्वाधार तथा यातायात,कृषि तथा पशुपन्छी, बन तथा वातावरण, सहरी बिकास, उर्जा जलस्रोत तथा सिंचाइ,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवहरुसँग जानकारी लिएको हो । मन्त्रालयका प्रायः सबै सचिवहरुले चालु आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च सुधार नभएको स्वीकार गर्नु भएको छ ।

जसमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रबिन्द्रमान श्रेष्ठले अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा सोचे जस्तो पुँजीगत खर्च गर्न नसेको बताउनु भयो । सचिव श्रेष्ठले मन्त्रालयले सोचे जस्तो पुँजीगत खर्च गर्न नसेको बताउनु भएको हो । उहाँले अर्थमन्त्रालयले भौतिक मन्त्रालयलाई करिब साढे २ अर्ब रुपैयाँ बराबर बजेट भुक्तानी रोकेको बताउनु भयो । सचिव श्रेष्ठले चालु आर्थिक वर्षको सुरुवात सरकार परिर्वतन भई बजेट योजनाहरु रोक्दा सोचे अनुसार पुँजीगत खर्च नभएको बताउनु भयो ।

उहाँले नयाँ सरकारले सबै योजनाहरु रोकेर प्रतिस्थापन विद्ययक ल्याउनले पनि तीन महिना योजना कार्यान्वयनमा ढिला भएको बताउनु भयो । मन्त्रालयले साउन महिनामा नै ठेक्का व्यवस्थापन गर्नु पर्ने बेलामा कात्तिक र मंसिरमा मात्रै ठेक्का व्यस्थापन गरिएको उहाँले बताउनु भयो । सचिव श्रेष्ठले काम भइरहेका र भइसकेका आयोजनाको भुक्तानी समेत अर्थ मन्त्रालयले रोकिदिएका कारण समग्र खर्च कम देखिएको बताउनुभयो ।

Spread the love