तोलामा २ सय बढ्यो सुनको मुल्य

असार २०, काठमाण्डौ । आज आइतबार छापावाला सुनको मुल्य ९१ हजार ५ सय पुगेको छ । त्यस्तै, तेजावी सुनको मुल्य ९१ हजारमा कारोवार भएको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोला १३२५ रुपयाँ तोकिएको महासंघको सुचनामा उल्लेख छ । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य उकालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा २०० रुपयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपयाँमा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपयाँमा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला २०० रुपयाँले बढेको हो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ रुपयाँ हजारमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपयाँमा कारोबार भएको थियो ।

आइतवार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला १ हजार ३१० रुपयाँमा कारोबार भएको चाँदी आइतवार १ हजार ३२५ रुपयाँमा किनबेच भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदीको मूल्य १५ रुपयाँले बढेको हो ।

 

 

 

Spread the love