आइतबार सुनको भाउ तोलामा ७ सयले बढ्यो

आइतबार सुनको मूल्य तोलामा ७ सयले बढेको छ । आइतबार छापावाल सुन तोलामा ७०० रुपैयाँले बढेर ९८ हजार रुपैया तोकिएको नेपाल सुनचा“दी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Spread the love