आइतबार सुनको मूल्यमा तोलाको १३ सय रुपैयाको गिरावट

साताको पहिलो दिन सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैया निर्धारण नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रवार पनि सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ४० रुपैयाँ कायम भएको छ । शुक्रवार चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला एक हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Spread the love