आइतवार सुनको मुल्य तोलामा ६ सयले बढयो

भदौ २०,काठमाडौं ।आइतवार  सुनको मुल्य ६ सयले बढेको छ । शुक्रवार प्रतितोला ९० हजार ९ सयमा कारोवार भएको सुनको मुल्य आइतवार प्रतितोला ९१ हजार ६ सयमा कारोवार भइरहेको छ । आइतवार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजारमा कारोवार भइरहेको छ ।

आइतवार चाँदीको मुल्य ३५ रुपैयाले बढेको छ । शुक्रवार  प्रतितोला १ हजार १ सय ९५  रुपैयामा कारोवार भएको चाँदीको मुल्य आइतवार  प्रतितोला १ हजार २ सय ३० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love