आईतवार नेप्से परिसूचक १०.५४ अंक घटेर १८८३.१६ बिन्दुमा

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आईतवार नेप्से परिसूचक १०.५४ अंक घटेर १८८३.१६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.८३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंकले घटेको छ ।
आईतवार कोरोबारमा आएका २२५ कम्पनीको २० लाख २८ हजार कित्ता शेयर ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै आईर्तवार कारोबार रकम पनि घटेको छ । गत बिहीवार १ अर्बभन्दा बढीको शेयर कारोबार भएका थियो ।
नेप्सेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.६० प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक १.४४ प्रतिशत घटेको छ ।
आईतवार लक्ष्मी इक्वीटि फण्डको इकाईमूल्य ७.९० प्रतिशत बढेको छ । त्यस्तै,मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ३.७४ प्रतिशत बढेको छ । यता,निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ६.४० प्रतिशत घटेको छ । आजको कारोबारमा शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

Spread the love