आईतवार नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा

साताको पहिलो कारोबारको दिन आईतवार नेप्से परिसूचकमा गिरावट आएको छ । आईतवार नेप्से सूचक २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ं७५ अंकले घटेको छ ।
आईतवार कारोबारमा आएका २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ । अन्य दिनको भन्दा आईतवार कारोबार रकम समेत गिरावट आएको हो ।
नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन् । जसमा उत्पादन तथा प्रशोधन उपसमूह, फाइनान्स उपसमूह, जीवन बीमा उपसमूह, लगानी उपसमूह तथा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ ।
नेप्से परिसूचकमा गिरावट आएपनि आईतवार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८.१० प्रतिशतले बढेको छ । त्यस्तै,कालिका पावरको २.८८ प्रतिशत, सामलिङ्ग पावरको २.४४ प्रतिशत र जालपा लघुवित्तको शेयरमूल्य २.०१ प्रतिशतले बढेको छ । तर, यता गुराँस लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ भने हिमालयन डिस्टिलरीको ६.१० प्रतिशले घटेको छ । आईतवार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १६ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Spread the love