आईतवार नेप्से परिसूचक ३०.७७ अंक घटेर १९३८.२५ बिन्दुमा

साताको पहिलो कारोबारको दिन आईतवार उच्च अंकले गिरावट आएको छ । आईतवार नेप्से परिसूचक ३०.७७ अंक घटेर १९३८.२५ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.८६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ अंकले घटेको छ ।
आईतवार कारोबारमा भएका २५९ कम्पनीको ३८ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ३९ करोड २३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । गत साताको अन्तिम कारोबारको तुलनामा आईतवार कारोबार रकम समेत घटेको छ ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.०३ प्रतिशत घटेको छ । त्यस्तै, जलविद्युत, लघुवित्त र होटल तथा पर्यटन, उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । वित्त, लगानी, जीवन बीमा, विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
आईतवार नेप्से परिसूचकमा गिरावट आएपनि सुपरमाई हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता सामलिङ्ग पावर कम्पनीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, खप्तड लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ। आईतवार हिमालयन डिष्टिलरी कम्पनीको ८ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

Spread the love