आईतवार नेप्से परिसूचक ५.८८ अंक बढेर १८८३.२० बिन्दुमा

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेकोे छ । आईतवार नेप्से परिसूचक ५.८८ अंक बढेर १८८३.२० बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.१४ अंकले, फ्लोट इण्डेक्स ०.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंकले बढेको छ ।
आईतवार कारोबारमा आएका २७३ कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । गत बिहीवारको तुलनामा कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबारमा करिब डेढ अर्बको शेयर कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये आईतवार ९ उपसमूहको परिसूचक बढेको छ । त्यस्तै ४ उपसमूहको परिसूचक भने घटेको छ । जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक २.८० प्रतिशत, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ । जसमा वित्त, जलविद्यूत,उत्पादन तथा प्रशोधन उपसमूह र विकास बैंकको परिसूचक घटेको छ ।
नेप्से परिसूचक बढेसँगै आइतबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता कारोबारमा आएको आदर्श लघुवित्तको शेयरमूल्य ६.५६ प्रतिशत घटेको छ । आईबार कारोबारमा शिवम् सिमेन्ट्स कम्पनीको ६ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

Spread the love