आगामी ५ वर्षपछि नेपालबाट ४.६ अर्ब अमेरिकी डलरको निर्यात हुने वातावरण बनाउने नेपाल उद्योग परिसंघको घोषणा

नेपाल उद्योग परिसंघले आगामी ५ वर्षपछि नेपालबाट ४.६ अर्ब अमेरिकी डलरको निर्यात हुने वातावरण बनाउने घोषणा गरेको छ । उद्योग परिसंघको १९औं साधारण सभाको उद्घाटन समारोहमा परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले यस्तो घोषणा गर्नुभएको हो । उहाँले परिसंघले ‘मेक इन नेपाल स्वदेशी’ अभियानमार्फत् देशमा वार्षिक १ हजार नयाँ उद्योग दर्ता गर्ने वातावरण बनाउने बताउनु भयो । अध्यक्ष अग्रवालले परिसंघले सन् २०३० सम्ममा कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान २५ प्रतिशत पुर्‍याउने गरी काम गर्ने बताउनु भयो । उहाँले ‘मेक इन नेपाल स्वदेशी’ अभियानमार्फत देशमा उत्पादनमुलक उद्योगको संख्या बढाइने लक्ष्य राखेको जानकारी गराउनु भयो । अध्यक्ष अग्रवालले लगानी बिस्तार हुन नसक्दा मागमा निरन्तर गिरावट आउने र त्यसले अर्थतन्त्रमा थप जोखिम पर्नसक्ने चिन्ता गर्नुभयो । उहाँले कृषिजन्य भूमिमा समेत कृषि उपजको आयात भइरहेकाले सबैको प्रयास कृषि उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनु भयो ।

अध्यक्ष अग्रवालले निजी क्षेत्रले उठाएका आर्थिक तथा कानूनी विषयमा सरकारबाट सकारात्मक सोच राख्दै आएपनि कानूनको अन्तिम रुप दिने समयमा निजी क्षेत्रमैत्री नहुने गरेको गुनसो गर्नुभयो । उहाँले एउटा कानूनले काम गर्न सहजता प्रदान गर्ने र अर्को कानूनले काम गर्न रोक्ने प्रवृतिले निजी क्षेत्र ससंकित बन्दै गएको दाबी गर्नुभयो । अध्यक्ष अग्रवालले उद्योगी व्यवसायीहरुले औद्योगिक व्यवसाय ऐनले दिएका सुविधासमेत सम्पूणर् रुपले उपयोग गर्न नसककोे भन्दै कानूनहरु व्यवहारिक नहुँदा व्यवसायीहरुमा निरासा छाएको बताउनु भयो ।
अध्यक्ष अग्रवालले निजी क्षेत्रले विभिन्न समस्या भोगिरहेको अवस्थामा मौद्रिक नीति कसिलो आएको बताउनु भयो । उहाँले कसिलो मौद्रिक नीतिले अर्थतन्त्र बलियो बनेपनि लगानीमा समस्या आउने संकेत गर्नुभयो । अध्यक्ष अग्रवालले मौद्रिक नीतिले उद्योग तथा निर्यात योग्य उत्पादनलाई सहजता गर्ने नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सरकारले औद्योगिक क्षेत्रको प्रवद्र्धन गर्ने नीति लिइरहेको अवस्थामा सञ्चालनमा रहेका उद्योगलाई औधोगिक क्षेत्र व्यवस्थापनले भाडा बढाउने निणर्य गर्दा उद्योगीहरुलाई निरुत्साहित गर्ने काम भइरहेको बताउनु भयो । उहाँले औद्योगिक क्षेत्र व्यवस्थापनले ७ सय प्रतिशत भाडा बढाउने निणर्य न्यायोचित नभएको भन्दै तत्काल निणर्य र्फिता लिन आग्रह गर्नुभयो ।

अध्यक्ष अग्रवालले औद्योगिक व्यवस्थापनले उद्योगमा भाडा बढाएर पैसा लिने नभई उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो । उहाँले मुलुकमा उच्च आर्थिक वृद्धिदर गर्न पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको बताउनु भयो ।

Spread the love