आज सोमबार नेप्से परिसुचक १३ दशमलब ९७ अंकले बढ्यो, करीब १२ अर्बको शेयर कारोवार

साउन ४, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार धितोपत्र कारोबार मापक नेप्से परिसूचक १३ दशमलव ९७ अंक बढेर बन्द भएको छ ।

सोमवार कारोबार रकम भने अघिल्लो दिनको भन्दा बढी भएको छ । यस दिन २१९ ओटा कम्पनीको १ लाख ७ हजार ७९७ पटकको व्यापारमा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । अघिल्लो कारोबार दिन आइतवार ३ दशमलव ३७ प्रतिशत बढेको बजारमा ११ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो ।

आज कारोबारमा आएका २१९ कम्पनीका ३ करोड ७५ लाख ७१ हजार ३ सय ५४ कित्ता शेयर खरिद बिक्रिबाट ११ अर्ब ८१ करोड ३७ लाख ३४ हजार ६ सय ६ रुपैयाँ ६० पैसाको कारोबार भएको छ । जस मध्ये एनआइसी एसिया बैंकको सबै भन्दा धेरै ३५ करोड ४१ लाख र नबिल बैंकको ३३ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका माइक्रोफाइनान्स, फाइनान्स, हाइड्रो, विकास बैंक र होटेल एण्ड टुरिजम समुह बाहेकका समुहगत सूचक बढेका छन् । आज फाइनान्स समुह सबै भन्दा धेरै १.१७ प्रतिशतले घटेको छ भने लगानी समुह १.४७ प्रतिशतले बढेको छ ।

आज सिनर्जी हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ भने विशाल बजार कम्पनीको शेयर मूल्य ९.२० प्रतिशतले बढेको छ । आज गुर्खाज फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ३.६० प्रतिशतले घटेको छ ।

यस दिन अघिल्लो कारोबारको दिनको तुलनामा नेप्से शून्य दशमलव ४७ प्रतिशत वद्धि भई २ हजार ९९४ दशमलव ५८ विन्दुमा पुगेको हो । ३ हजार ३ दशमलव ४७ विन्दुदेखि खुलेको सोमवारको बजार ३ हजार ३२ दशमलव १३ विन्दुसम्म पुगेको थियो भने २ हजार ९८२ दशमलव ३७ विन्दुसम्म झरेको थियो ।

सोमवार एनआईसी एशिया बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । बैंकको ३५ करोड ४१ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस दिन बैंकको शेयरमूल्य भने १ दशमलव ८८ प्रतिशत अर्थात प्रतिकित्ता २० दशमलव २० ले घटेर अन्तिम मूल्य १ हजार ४४ रुपैयाँ कायम भएको छ ।

सोमवार व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

 

 

Spread the love