आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिए

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिव आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिव ८ हजारले फिर्ता लिएको जानकारी दिनु भएको हो । उहाँले अहिले उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने काम भईरहेको पनि बताउनु भयो । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार (आज) अपरान्ह ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

हिजो (शुक्रबार) स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको थियो । स्थानीय तह निर्वाचनको आगामी बैशाख ३० गते सम्पन्न हुँदैछ ।

Spread the love