आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मन्त्री रिजाल

उद्योग तथा वाणिज्य आपूतर्ि मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । मंगलवार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो । उहाँले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि प्रभावकारी रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो। उहाँले स्वदेशी वस्तुको उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्य आर्जनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने बताउनु भयो । उहाँले सरकारले उद्योग परिसंघसँगको सहकार्यमा सञ्चालन गरेको मेक इन नेपाल अभियानले नेपाली उत्पादन तथा सेवाको वृद्धि गरी प्रवद्र्धन र निर्यातमा सकारात्मक भुमिका खेल्ने विश्वास रहेको बताउनु भयो । उहाँले सरकार लगानीमैत्री वातावरण निर्माण गरी आत्मनिर्भर अर्थतन्त्रका लागि औद्योगिक पूर्वाधार र समृद्धिका लागि प्राकृति स्रोतको उपभोग गर्न आवश्यक वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
उहाँले औद्योगिकरणको उचित विकास बिना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव नभएको बताउनु भयो । उहाँले स्वदेशी वस्तुको उत्पादन र प्रवद्र्धन निर्यात बढाउन गरिनुपर्ने नीति तथा व्यवहारिक पक्षका विषयमा मन्त्रालय तयार रहेको पनि बताउनु भयो।

Spread the love