आर्ट फेस्टिबलमा विभिन्न १७ स्कुलका ६२ विद्यार्थी सहभागि

नेपाल ओलम्पिक कमिटीको आयोजनामा बिहीबार भएको आर्ट फेस्टिबलमा विभिन्न १७ स्कुलका ६२ विद्यार्थीले सहभागिता जनाएका छन् । चीनको हाङचोउमा हुने एसियाली खेलकुद प्रचार प्रसारका क्रममा आर्ट फेस्टिबलको आयोजना गरिएको हो । विश्व खेलकुदका कुनै ठूलो महोत्सव अगाडि विद्यार्थी सम्मिलित यस्तो महोत्सव आयोजना गर्ने परम्परा छ । सोही परम्परा अनुसार हान्जाउमा आयोजना हुन लागेको एसियन गेम्सको सहयोग र साथका लागि आयोजना गरिएको नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष चतुरानन्द राज बैद्यले जानकारी दिए ।
फेस्टिबलमा १७ स्कुलका विद्यार्थीको सहभागिता रहेको हो र यी सबैलाई एक सातापछि प्रदर्शनमा राखिनेछ । यसमा सहभागी हुनेमध्येबाट ब्वाइजतर्फ ५ र गल्र्सतर्फ ५ उत्कृष्ट चयन गरिनेछ । यसलाई ओलम्पिक काउन्सिल अफ एसियामा पठाइने छ र उसले थप छनोट गर्दै हाङचोउमा हुने प्रदर्शनमा राखिनेछ ।

Spread the love