आर्थिक वर्ष २०७९/८० को बजेटले व्यापार घाटा घटाउन सही दिशा पक्रेको छ ः सांसद गगनकुमार थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आ.व. २०७९/८० को बजेटले व्यापार घाटा घटाउनका लागि सही दिशा पक्रेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद थापाले व्यापार घाटा कम गर्न उत्पादकत्व बढाउनुपर्ने उल्लेख गर्दै बजेटमा उत्पादनको स्पष्ट दृष्टिकोण प्रस्तुत भएको बताउनुभएको हो । उहाँले बजेटले उपयुक्त प्राथमिकता, गती र दृष्टिकोण समातेको बताउनुभयो । उहाँले कृषिलाई प्राथमिकता दिएर स्रोत विनियोजन पनि ठिक ढंगले भएको उल्लेख गर्नुभयो ।
सांसद थापाले बजेटमा नीजि क्षेत्रको संस्थागत मागहरुलाई सम्बोधन गरिनुले अर्थतन्त्रलाई थप चलायमान बनाउने बताउनुभयो । बजेटले पेट्रोलियम पद्धार्थको निर्भरता घटाउने सन्दर्भमा आवश्यक लक्ष्य लिएको उहाँले बताउनुभयो । उहाँले बजेटले समयको मागलाई सम्बोधन गरेको बताउनुभयो ।

Spread the love