इन्धनको मूल्यमा भारी वृद्धि, पेट्रोलको मूल्य १८० रुपैयाँ, डिजल १६३ र एलपी ग्याँस १८०० पुग्यो

नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी डिजल, पेट्रोल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ । अब पेट्रोल लिटरको १८० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय ६३ रुपैयाँ पुगेको छ । त्यसैगरी हवाई इन्धन लिटरको १ सय ६३ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
त्यसैगरी खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । एक सिलिण्डर ग्याँस १८०० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा लिटरमै १० रुपैयाँ बढाएको हो ।

Spread the love