इम्बोस्ड नम्बर प्लेटमार्फत ४ अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने सांसद भीम रावलको आशंका

नेकपा(एमाले)का सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमार्फत चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब घोटाला हुनसक्ने आशंका व्यक्त गर्नुभएको हो । संविधान अनुरुप सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने भएपनि सो मर्म बमोजिम नभई इम्बोस्ड नम्बर अंग्रेजी भाषामा गरिएकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले इम्बोस्ड नम्बर प्लेट बनाउन दिइने कम्पनी नै विश्व बैंकको कालोसूचीमा रहेको बताउनु भयो । उहाँले विदेशी कम्पनीलाई बायोमेट्रिक गर्न दिननहुने पनि बताउनु भयो ।

Spread the love