उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्छुः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताउनुभएको छ । मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरुलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताउनुभएको हो । उहाँले सरकारले व्यवसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट बिस्तारै सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले उठाएका उचित मागलाई सकारात्मक रुपमा लिएको पनि बताउनु भयो । मन्त्री पौडेलले मन्त्रालयमा कामको चाङ लागेकाले सबै विषयमा व्यापक छलफल गर्न नसकिएको बताउनु भयो ।
उहाँले व्यवसायीहरुको माग छलफल र अध्ययन गरी उचित मागलाई सम्बोधन गर्ने प्रतिवद्धता महासंघलाई जनाउनु भयो ।

Spread the love